‘लेबाल’ त्रिरत्न पुरस्कार प्राडा विद्यानाथ कोइरालालाई प्रदान

समाचार साहित्य स्वास्थ्य/शिक्षा

काठमाडौँ, ३२ साउनः लेखनाथ पौड्याल, बालकृष्ण सम र लक्ष्मीप्रसाद कोइरालाका नाममा स्थापित ‘लेबाल’ त्रिरत्न पुरस्कार प्राडा विद्यानाथ कोइरालालाई प्रदान गरिएको छ ।

नेपाली शिक्षा परिषद् (लेखनाथ साहित्यिक सदन)को ७४औँ वार्षिकोत्सव तथा परिषद्का संस्थापक गोपाल पाँडे ‘असिम’को ११२औँ जन्मजयन्तीका अवसरमा परिषद्का अध्यक्ष रमा शर्माले स्थापना गर्नुभएको उक्त पुरस्कार प्राडा कोइरालालाई प्रदान गरिएको हो ।

उक्त पुरस्कार आज संयुक्त राष्ट्रसङ्घका लागि नेपालका पूर्वराजदूत प्राडा जयराज आचार्यले प्राडा कोइरालालाई प्रदान गर्नुभयो । पुरस्कारको राशी रु एक लाख एक हजार १०१ नगद र प्रमाणपत्र छ ।

यस्तै, गोपाल पाँडे ‘असिम’ पुरस्कार साहित्यकार प्रद्युम्न जोशीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी रु ५१ हजार छ ।

Facebook Comments Box