तामाङ पत्रकार सङ्घको अध्यक्षमा नेत्र तामाङ

समाचार

काठमाडौँ, १३ पुस : तामाङ पत्रकार सङ्घको सातौँ सङ्घीय राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष पदमा नेत्र तामाङ सर्वसम्मत् चयन हुनुभएको छ ।

राजधानीमा आज सम्पन्न महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा तीर्थमान बल, उपाध्यक्ष्यमा डोल्माछिरिङ तामाङ, साहिला तामाङ र शिशिर दोङ, महासचिवमा सरस्वती तामाङ, सचिवमा आदर्श थोकर, जिबी लामा र मिक्साङ वाइबा तथा कोषाध्यक्षमा हीरामान बल निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक प्रतीक ङेसुर तामाङले जानकारी दिनुभयो ।

यसैगरी खुल्ला केन्द्रीय सदस्यमा अमृता तामाङ, अञ्जली तामाङ, पासाङ घिसिङ, सुदिन दोङ, सङ्गम लामा र श्यामलाल लामा निर्वाचित हुनुभएको छ । बागमती प्रदेशबाट केन्द्रीय सदस्यमा अर्जुन तामाङ, मानकाजी तामाङ, सन्तोष योञ्जन तामाङ, शान्ति थिङ, राजकुमार स्याङ्बो, राधिका लो तामाङ र श्यामबहादुर तामाङ तथा कोशी प्रदेशबाट केन्द्रिय सदस्यमा अनुप योञ्जन र सन्तोषिकला तामाङ निर्वाचित हुनुभएको छ ।

यसैगरी मधेश प्रदेशबाट केन्द्रीय सदस्यमा साङबहादुर लो निर्वाचित हुनुभएको छ । महाधिवेशनको आज ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले उद्घाटन गर्नुहुँदै तामाङ पत्रकारले संस्कार, संस्कृति र वेषभूषाको प्रचारप्रसारमा कलम चलाउनुपर्ने बताउनुभयो । पत्रकारले सधैँ नयाँ तथ्य खोजी गरी समाजलाई उपयोगी हुने समाचार सामग्री तयार पार्नुपर्नेमा उहाँको जोड थियो ।

Facebook Comments Box