ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच तथा कपडा वितरण

समाचार

देउखुरी (दाङ), १२ माघः तुलसीपुर र घोराहीका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्नुका साथै कम्बल वितरण गरिएको छ । नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर एवं कम्बल वितरण गरिएको हो ।

महासङ्घ लुम्बिनी प्रदेश कमिटीका कोषाध्यक्ष द्रोण वलीले स्वास्थ्यकर्मी समाजमा योगदान पु¥याएका ज्येष्ठ नागरिकको सम्मानस्वरुप कम्बल वितरण गरिएको बताउनुभयो । उहाँले तुलसीपुर उपमहानगरपालिका–१९ र घोेराही उपमहानगरपालिका–११ का ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका–१९ का कार्यवाहक वडाध्यक्ष रामबहादुर पौडेलले वडाले ८० वर्ष उमेर पुगेका ५५ जनालाई कपडा वितरण गरेको बताउनुभयो । त्यसअवसरमा राप्ती लाइफ केयर अस्पतालका डा आयुष गौतमले ज्येष्ठ नागरिकको मधुमेह, उच्चरक्तचाप, दमको परीक्षण गर्नुभएको थियो ।

Facebook Comments Box