काठमाडौँ, ११ फागुन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्राविधिक सचिव डा रोशन पोखरेल र अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहको बिदाई गरिएको छ । दुवैजना विशिष्ट श्रेणीको पाँच वर्षे कार्यकाल पूरा गरेर आजदेखि अवकाश पाउन लाग्नुभएको हो ।
मन्त्रालयमा आज आयोजित एक कार्यक्रमकाबीच स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सचिवद्वय डा पोखरेल र डा सिंहलाई माला, मायाको चिनो र ढाकाटोपी लगाएर बिदाई गर्नुभयो । बिदाई कार्यक्रममा मन्त्री पौडेलले दुवै सचिवलाई सेवा निवृत्त जीवनको शुभकामना व्यक्त गर्दै उहाँहरुको अनुभव र दक्षताको सदैव खाँचो हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “अनुभव, दक्षता र क्षमताका आधारमा दुवैजनाले स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउनुभएको छ । औपचारिक पदबाट बिदा हुनुभएको छ तर अनुभव र दक्षता आवश्यक परिरहन्छ ।”
सचिवद्वय पोखरेल र सिंह दुवै जना २०७६ फागुन १२ गते स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञ (१२औँ तह) मा बढुवा हुनुभएको थियो । डा पोखरेल २०७८ साउन ४ गते नेपाल सरकारको सचिवमा बढुवा हुनुभएको थियो ।