काठमाडौँ, २९ फागुनः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी संयुक्त अधिराज्य बेलायत प्रस्थान गर्नुभएको छ ।
उहाँ बेलायतको राजधानी लण्डनमा आयोजना हुने जलवायु–प्रकृति विकास सम्बन्धमा पानी सुरक्षासम्बन्धी कार्यक्रममा सहभागी हुन आज साँझ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । कार्यक्रम सम्पन्न गरी उहाँ आगामी चैत ३ गते स्वदेश फर्कनुहुने तालिका छ ।
Facebook Comments Box