१२ असार २०७७
२०७७ असार १२ शुक्रबार, काठमाडौं । शुक्रबार नेपालमा ५ सय ९३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।
त्यस्तै विगत २४ घण्टामा ४८ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। विभिन्न अस्पतालहरुबाट ४० पुरुष र ८ महिला कोरोनामुक्त भइ डिस्चार्ज भएको गौतमले बताए।
यी सहित शुक्रबारसम्म कुल डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ। मृतक २७ जनामा कोरोनाभाइरस देखिएको छ। रसुवाबाहेकका सबै जिल्लामा कोरोना देखिएको छ।
विगत २४ घण्टामा जनाको ६ हजार ५ सय ३४ पिसिआर परीक्षण भएको छ। हालसम्म २ लाख ६ हजार बढीकाे पिसिआर परीक्षण भएको छ ।
Facebook Comments Box