काठमाडौँ, २६ असोज । नेपालको सबैभन्दा पुरानो त्रिचन्द्र क्याम्पसका क्षतिग्रस्त संरचनाको पुनःनिर्माण तथा गुरुयोजना तयारीका सम्बन्धमा आज राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत र क्याम्पसका प्रमुखसहितको टोलीबीच छलफल भएको छ ।
सो क्रममा रानीपोखरीसँगै रहेको क्याम्पसको ऐतिहासिक भवनको संरक्षण गरी उपयोगमा ल्याउनेबारे पनि छलफल भएको थियो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरी तथा क्याम्पसको पुनःनिर्माणलाई समन्वयात्मक ढङ्गले अघि बढाउने प्रस्ताव गर्नुभयो ।
छलफलमा त्रिचन्द्र क्याम्पसका क्याम्पस प्रमुख प्रा डा प्रदीपबहादुर न्यौपानेले रानीपोखरी र त्रिचन्द्रका संरचनाको पुनःनिर्माणलाई सँगसँगै अघि बढाउँदा राम्रो हुने धारणा राख्नुभयो ।
Facebook Comments Box