गोरखा, २९ असोज । राष्ट्रियसभाका प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्र पाण्डेले सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको बताउनुभयो ।
नेपाली काङ्ग्रेस नगरसमिति गोरखाले आज सदरमुकाममा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता पाण्डेले भननुभयो, “अब सदनबाट मात्र होइन सडकबाट पनि सरकारको विरोध गर्नुपर्छ ।”
पछिल्लो समय देशमा बढ्दै गएको बलात्कार, महङ्गी र भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकार असफल भएको उहाँको भनाइ छ । काङ्ग्रेसका केन्द्रीय सदस्य पाण्डेले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार सबैको काम कारवाहीलाई पार्टीले गम्भीर ढङ्गले समीक्षा गर्ने बेला आएको बताउनुभयो । “संविधानले निर्दिष्ट गरेका सिद्धान्तलाई सरकारले स्थानीय तहमा लागू गर्न सकेको छैन, स्थानीय तहले कानूनको अभावमा काम गर्न पाएका छैनन्”, नेता पाण्डले भन्नुभयो ।
Facebook Comments Box