तनहुँ समाज हङकङद्वारा पत्रकार सम्मानित

राजनीति समाचार

तनहुँ समाज हङकङले जिल्लाका तीन पत्रकारलाई सम्मान गरेको छ । समाजले जिल्लामा गरेको सामाजिक कामलाई सञ्चारमाध्यमको तर्फबाट प्रचारप्रसारमा सहयोग पु¥याएबापत समाजले तीन पत्रकारलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष ओमकार आचार्य, उपाध्यक्ष सोनी शर्मा र पत्रकार सुनिता आचार्य हुनुहुन्छ । आज यहाँ आयोजित कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उहाँहरुलाई दोसल्ला, प्रशंसापत्र र नगदले सम्मानित गर्नुभएको हो । पुरस्कारको राशी जनही रु पाँच हजार रहेको छ ।

सो अवसरमा नगरप्रमुख न्यौपानेले समाजले जिल्लाको शैक्षिक क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको बताउनुभयो । समाजको कामलाई जनतासामु पु¥याउन योगदान पु¥याउने पत्रकारलाई प्रत्येक वर्ष पुरस्कृत गरिने समाजका पूर्व अध्यक्ष भीमराज गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा सम्मानित व्यक्तित्व एवं नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष आचार्यले सम्मानले आफूलाई थप हौसला मिलेको बताउनुभयो । समाजले तनहुँमा विगत १० वर्षदेखि शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सामाजिक क्षेत्रमा योगदान गर्दै आइरहेको छ ।

समाजले कोभिड महामारीको बेला दश वटै स्थानीय तहमा रु १५÷१५ हजार सहयोग गरेको थियो । साथै गत असारमा आएको पहिरोबाट पीडित भएका ऋषिङका पहिरो पीडितलाई समाजले रु दुई लाख ४४ हजार सहयोग गरेको थियो । समाजले जिल्लाको शैक्षिक क्षेत्रमा योगदान पु¥याउन रु १५ लाखको अक्षयकोष पनि स्थापना गरेको छ । विसं २०५६ सालमा स्थापित समाजले जिल्लाको विभिन्न विद्यालयमा उक्त अक्षयकोषको व्याजबाट प्राप्त रकमले सहयोग गर्दै आइरहेको छ । समाजले यसका अतिरिक्त भानु जन्मस्थल विकास समितिमा रु पाँच लाखको लगानीमा पुस्तकालय स्थापना गरेको छ भने क्यामिनको छापथोक, भीमाद लगायतका स्थानमा खानेपानी आयोजनामा पनि आर्थिक सहयोग गरेको छ । समाजमा चार सय जना तनहँुवासी आबद्ध छन् ।

 

Facebook Comments Box