प्रहरी साझेदारी कार्यक्रम

राजनीति समाचार

बुटवल, ११ कात्तिक । नेपाल प्रहरीले समुदायसँगको सहकार्यमा शान्तिसुरक्षा लगायतका कामलाई प्रभावकारी बनाउन समुदाय प्रहरी साझेदारी कार्यक्रम अघि सारेको छ । प्रहरीले उक्त कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहसँग सहकार्य गरेर अगाडि बढाउने योजनासमेत ल्याएको छ । सोहीअनुसार उक्त कार्यक्रमको प्रस्तावसहित सबै स्थानीय तहमा कार्यक्रम कार्यान्वयनसम्बन्धी सम्झौता गरिएको छ ।

सोही कार्यक्रमको आज बुटवल उपमहानगरपालिका कार्यालयमा नगर प्रमुख शिवराज सुवेदी र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख, प्रहरी उपरीक्षक हृदय थापाले समझादारीपत्रमा हस्ताक्षर गर्नुभयो । समझादारीपत्रमा स्थानीय तहर प्रहरीबीच साझेदारी निर्माणको प्रक्रिया, समुदाय प्रहरी समितिको काम कर्तव्य र जिम्मेवारी, कार्यक्षेत्र, समुदाय केन्द्रित कार्यक्रमका प्रमुख प्राथमिकता र गतिविधि, विद्यालय केन्द्रित कार्यक्रम लगायतका विषय समेटिएका छन् । त्यसअवसरमा प्रदेश ५ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पीताम्बर अधिकारी, बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य, वरिष्ठ अधिकृत विष्णु खनाललगायतको उपस्थिति थियो ।

Facebook Comments Box