कांग्रेस प्रतिपक्षमै बस्नुपर्छ : नेता केसी

मुख्य समाचार राजनीति समाचार

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न भनेकाले अहिले सरकारमा जान हतार गर्न नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियन, चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले कांग्रेस अहिले सरकारमा जान नहुने बताउनुभएको हो । उहाँले भन्नुभयो, “जनताले कांग्रेसलाई पाँच वर्षका लागि प्रतिपक्षमा देख्न चाहेका हुन् । त्यहीअनुसार प्रतिपक्षमै बस्नुपर्छ भन्ने मेरो धारणा हो ।”

 

कांग्रेसले अरुलाई सरकारमा सहयोग गरेर बाहिर बस्नुपर्ने उहाँको भनाइ थियो । उहाँले थप्नुभयो “अरुलाई सहयोग गर्ने भन्दैमा देशलाई सङ्कटमा राख्नेसँग नभई अरुसँग सहकार्य गरेर अघि वढ्नुपर्छ ।” प्रधानमन्त्रीले संसद् विघटन गराएकाले राजनैतिक नैतिकताको दृष्टिले पनि प्रधानमन्त्रीलाई साथ दिन नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेस अब आउने दुई वर्षपछि नेपाली जनताको जनादेश बोकेर सरकारमा जान्छ ।” कांग्रेसले प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउनु आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले गरेको सहमति स्वागतयोग्य भए पनि हतियारका बारेमा सम्झौता नहुनुलाई अर्थपूर्णरुपमा कांग्रेसले लिएको बताउनुभयो ।

 

Facebook Comments Box