देउवाद्वारा थापाको निधनप्रति दुःख व्यक्त

मुख्य समाचार राजनीति समाचार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुल्मीका पार्टी पूर्वउपसभापति लक्ष्मणसिंह थापाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । नेपाल विद्यार्थी सङ्घका संस्थापक केन्द्रीय सदस्य थापाको बुधबार ७२ वर्षका उमेरमा गुल्मी दरबार गाउँपालिकास्थित निवासमा निधन भएको हो । सभापति देउवाले शोक सन्देशमार्फत थापाले पार्टी सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको सक्रिय योगदानको स्मरण गर्दै उहाँमा श्रद्धाञ्जलि अर्पणका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नु भएको छ । नेपाल शिक्षक सङ्घ गुल्मीका संस्थापक अध्यक्ष थापाले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । बिपी विचार समाजका जिल्ला अध्यक्ष थापाको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको कांग्रेसले जनाएको छ ।

 

Facebook Comments Box