नेपाल र भारत बिचको सम्बन्ध अटुट छ : पूर्व मन्त्रि एकनाथ ढकाल

राजनीति समाचार

नयाँ दिल्ली, भारत

नेपाल सरकारका पूर्व मन्त्रि एकनाथ ढकालले नेपाल र भारत बिचको सम्बन्ध अटुट रहेको बताउदै कुनै पनि देशले भारतको स्थान लिन नसक्ने जिकिर गर्नुभयो। ३ दिने भारत भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकालले दिल्लीमा प्रेश ट्रष्ट अफ इंडियाको लागि सम्वाददाता दिपक माधब संग कुरा गर्दै दुइ देशको खानपान, भेषभुषा, संस्कृति सहित अनेकबीचको समानता रहेको उल्लेख गर्दै सम्बन्धमा कहिलेकाहीं उतार चढ़ाव भयपनि अटुट रहेको बताए।

हालका वर्षहरूमा दुई देशबीचको सम्बन्धमा भएको तनावको प्रश्नको उत्तरमा नेपालका पूर्वमन्त्रीले भने, “राजनीतिक कारणले कुनै पनि पार्टीले कुनै पनि विषयलाई आफ्नो तरीकाले वा फरक तरिकाले प्रस्तुत गर्न सक्छ तर दुइ देशका नागरिक बीचको सम्बन्ध सधै सुमधुर छ” । उनले भने, “भारत र नेपाल सम्बन्ध अटुट छ र यसलाई थप सुदृढ पार्नु पर्छ”।

नेता ढकालले भने कि “भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो र हामि करिब ७०% प्रतिशत व्यापार भारतसँग गर्छौं । भारत विश्वको उदाउदो र एक ठूलो अर्थतन्त्र हो। स्वाभाविक रूपमा नेपालले भारतको सहयोगबाट फाइदा लिनुपर्दछ”।

नेपालमा चीनको बढ्दो प्रभावका सवालमा ढकालले भने कि “केही दलले भारत भन्दा चीन संग नजिक हुने प्रयास गरेका छन् तर ब्यबहारमा हाम्रो सम्बन्ध भारत संगनै घनिष्ट देखिन्छ र कुनैपनि छिमेकि मित्र राष्ट्र संगको सम्बन्धमा आंच ल्याउने क्रियाकलापहरुले नेपाली जनताको भावनालाई प्रतिबिम्बित गर्दैन”।तर उनले भने, कि नेपालमा पछिल्लो समय चीनको प्रभाव भने विगतको तुलनामा बढेको छ।

नेता ढकालले नेपालमा कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसको बिकल्पमा तेस्रो बैकल्पिक लोकतान्त्रिक मोर्चाको आबस्यकता रहेको औलाउदै आफ्नो पार्टी नेपाल परिवार दलले “नयाँ नेपाल” निर्माण गर्न यसैको वकालत गर्दै आयको बताए।

नेपालमा पछिल्लो समय देखियको राजनैतिक खिचातानीको सबालमा नेता ढकालले भने “यो नेपालको आन्तरिक मामिला हो र संविधानको परिधी भित्र रहेर नेपालका दलहरुले उपयुक्त निकास निकाल्नेमा मा बिश्स्वस्त छु”।

पूर्व मन्त्रि ढकालले युनिभर्सल पीस फेडरेशनको तर्फबाट कोरोना योद्धाको रूपमा भारतीय डाक्टरलाई शान्ति दूत पुरस्कार प्रदान गर्ने कार्यक्रममा दिल्लीको सांग्रिला होटेलमा सहभागी भयका थिए। यस अवसरमा दिल्लीका स्वास्थ्य मंत्री सत्येन्द्र जैन पनि उपस्थित थिए।

Facebook Comments Box