विराटनगर, १५ कात्तिक । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सङ्घीयताको सफल कार्यान्वयन गर्ने जिम्मेवारी काङ्ग्रेसको काँधमा आएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज बुढिगङ्गा गाँउपालिकामा आयोजित तिहार, नेपाल सम्वत् र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने चाहना काङ्ग्रेसका पनि रहको बताउँदै तर वर्तमान सरकार जनभावनाअनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो ।
Facebook Comments Box