कामदार दैनिक संवाददाता
काठमाडौँ।
कांग्रेस उप सभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख बिमलेन्द्र निधीको निर्देशनमा नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा श्री सुरेन्द्र के.सी. को संयोजकत्वमा “बिदेशमा बस्ने नेपालीको हित संरक्षण” बिषयगत समितीको विज्ञको रुपमा बैतड़ी (ख) का पार्टी सभापती तेजबहादुर चन्दले जिम्मेवारी पाएका छन्।
समाजसेवी तथा काङ्ग्रेसका युवा नेता श्री तेजबहादुर चन्द नेपाली काङ्ग्रेस, बैतडी प्रदेश सभा क्षेत्र न. ‘ख’ का सभापति हुन्। मुम्बई बिश्वबिद्यालयबाट बिजनेस एड्मिनिष्ट्रेसनमा स्नातकोत्तर गरेका उनी लामो समय भारतमा बसी विभिन्न संघ संस्थामा आवद्ध हुनुका साथै आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका थिए।
मातृभूमिको माया र समाजसेवी मनले डोर्याएर स्वदेश फर्किएका चन्द हजारौँ दुखी गरिबलाई गरेको सहयोग र नेपालमै पहिलो पटक सबैभन्दा ठुलो धनराशिको क्रिकेट प्रतियोगिता ‘ शुभकामना कप’ देहिमाण्डौमा शुभारम्भ तथा कालजयी देउडा गीति एल्बम “जय हो जन्मभूमि” का रचयिता पनि हुन्। साथै समाजसेवाका क्षेत्रमा उनले आफ्नो अलग्गै पहिचान बनाएका छन्।
लामो समयदेखि बिभिन्न सामाजिक कार्यहरूमा सक्रिय रही पार्टीका बिभिन्न संगठनहरुमा महत्वपूर्ण भूमिका खेल्दै आएका उनलाई बैतडीको राजनीतिक भविष्यमा महत्वपूर्ण र आस लाग्दो युवाको रुपमा हेर्ने गरिन्छ।