खानेपानी सरसफाइ एवं स्वच्छता परियोजनाले गाउँबासिको दैनिकी फेरिदै
सुसन सापकोटा विज्ञान
पोखरीचौरी । विगत एक वर्षदेखि चौरीदेउराली गाउँपालिका वाटरएडको आर्थिक सहयोग र चौरीदेउराली गाउँपालिकाको समन्वयमा एकीकृत शहरी विकास केन्द्रद्वारा समुदायमा आधारित उत्थानशिल एव दिगो खानेपानी सरसफाइ एवं स्वच्छता (क्ग(ध्ब्क्ज्) परियोजना संचालन भइरहेको छ ।
सोही परियोजना अन्तरगत गत वर्ष चौरीदेउराली गाउँपालिका वडा न.५ को पोखरी डाडाटोलमा खानेपानी व्यवस्थापन तथा सरसफाइको कार्य भएपछी स्थानियको दैनिकिमा परिवर्तन हुन थालेको छ ।
विगतको समय सुख्खाग्रस्त रहेको यस स्थानका जनता अहिले भने एकदम खुशी देखिन्छन । परियोजनाबाट सो क्षेत्रका करिव ४० घरधुरी लाभान्वित भएका छ्न ।
परियोजना संचालन हुनुभन्दा पहिला आफुहरु पानी लिनकै लागि डाङ्डुङे खोला सातपाने लगाएत स्थानमा जाने गरेको तर अहिले घरैपिच्छे धारा बनेपछी हामी खुशी छौ । पानी लिन जाने समयलाइ सदुपयोग गर्दै हामी रछ्यान(करेसाबारी)मा तरकारीहरु रोपेका छौ“ ६० वर्षीय स्थानीय हस्तबहादुर गौतमले भन्नुभयो ।
त्यस्तै विगतका वर्षहरुमा आफू जिल्लाबाहिर रहेको र गाउँमा खानेपानीको सम्म उचित प्रबन्ध थिएन तर यो योजना संचालन भएपछी आफू गाउँमै करिव २ रोपनी बारिमा काउली खेती गर्न लागेको ३० वर्षिय स्थानिय सहदेव गौतमले बताउनुभयो । त्यस्तै गरि महिला स्वास्थ्य स्वयंसेविका समेत रहनुभएकी बिन्दादेवी गौतमका अनुसार आफुले खेर गएको पानी बारीमा लगाएर साग पातमा प्रयोग गरिरहेको समेत बताउनुभयो ।
Facebook Comments Box