चौरीदेउराली गाँउपालिकाको व्यवसाय दर्ता अभियान सफल हुँदै

राजनीति समाचार

माझिफेदा । चौरीदेउराली गाँउपालिकाका वडा नं. १ देखि वडा नं. ९ सम्म हुन लागेको व्यवसाय दर्ता अभियान २०७५ हिजो शनिबार माझिफेदा पुग्दा सम्म अत्यन्त सफल भएको छ । यहि मंसिर २० गते चौरीदेउराली गाँउपालिकाको वडा नं. १ सानोबाङथली र २१ गते वडा नं. २ नाग्रे गगर्चे मा भएको व्यवसाय दर्ता अभियानमा ४० व्यवसायीहरुले आ–आफ्नो व्यवसाय दर्ता गरेका छन् । चौरीदेउराली गाँउपालिकाको विकट क्षेत्र सिन्धुपाल्चोक, दोलखा, रामेछाप जोड्ने ती वडामा यो संख्यामा व्यवसाय दर्ता हुनु अत्यन्त सकारात्मक कुरा हो । यो समाचार तयार पारुन्जेल सम्म २२ गते शनिबार चौरीदेउराली गाँउपालिकाको वडा नं. ३ माझिफेदामा २५ व्यवसायीले आफ्नो व्यवसाय दर्ता गरेका छन् । रामेछाप जोड्ने वडा माझिफेदा मा दर्ता भएको यो संख्याले पनि सकारात्मक सन्देश दिएको छ । मंसिर २८ गते सम्म हुने यो अभियानमा मंसिर २३ गते चौरीदेउराली गाँउपालिकाको वडा नं. ४ धुसेनी, मंसिर २४ गते वडा नं. ५ पोखरीचौरी, मंसिर २५ गते वडा नं. ६ कात्तिकेदेउराली, मंसिर २६ गते वडा नं. ७ मादन कुँडारी, मंसिर २७ गते वडा नं. ८ विर्ता देउराली र मंसिर २८ गते वडा नं. ९ गोठपानीमा व्यवसाय दर्ता अभियानको टोली पुग्ने छ ।
चौरीदेउराली गाँउपालिकाका प्रशासकीय अधिकृत टार्जेन कुमार लिम्बुको नेतृत्वमा गाँउपालिकाका पदाधिकारी र सम्बन्धित वडा का वडा अध्यक्ष वडा सचिव लगायतको टोली व्यवसाय दर्ता अभियानमा गाँउ पसेको हो ।
व्यवसाय दर्ता अभियानमा संलग्न भई कर्तव्यनिष्ठ नागरिकको परिचय दिदै गाँउपालिकालाई सबल तथा स्वावलम्वी बनाउने महाअभियानमा सामेल हुन गाँउपालिकाले अनुरोध गरिएको प्रशासकीय अधिकृत टार्जेन कुमार लिम्बुले काभ्रे पोष्ट साप्ताहिकलाई बताए ।
चौरीदेउराली गाँउपालिकाका बासीहरुले आ–आफ्ना वडाहरुमा सञ्चालन गरेको उद्योग, व्यवसाय वा पसललाई आधिकारीक रुपमा सम्बन्धित वडा कार्यालयहरुमा दर्ता गरी आफ्नो पेशा, व्यवसायलाई वैधानिकता दिन पनि चौरीदेउराली गाँउपालिकाका प्रशासकीय अधिकृत लिम्बुले आग्रह गर्नुभएको छ । व्यवसाय दर्ता गर्नको लागि दर्ता निवेदन, २ प्रति पासपोर्ट साइज फोटो, नागरिकताको प्रतिलिपी १ थान चाहिने कुरा प्रशासकीय अधिकृत लिम्बुले काभ्रे पोष्टलाई बताए ।

Facebook Comments Box