काठमाडौँ । सरकारले आइतबारदेखि बालबालिकालाई भिटाभिन ए र जुकाको औषधि खुवाउन थालेको छ। ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए तथा एकदेखि पाँच वर्षसम्मकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नियमित कार्यक्रमअन्तर्गत नै भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम गरिएको र पायक पर्ने खोप केन्द्र वा वडा कार्यालयमा गएर आफ्ना बालबालिकालाई औषधि खुवाउन मन्त्रालयले अभिभावकसँग आग्रह गरेको छ।
प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार वैशाख र कात्तिकमा भिटामिन ए र जुकाको औषधि खुवाउने गरिएको हो। दसैँ परेकाले कात्तिकको खोप अभियान केही दिन ढिला भएको उनले बताए। यसअघि सरकारले राष्ट्रिय भिटामिन ए कार्यक्रमअन्तर्गत गएको वैशाखमा भिटामिन ए र जुकाको औषधि खुवाएको थियो।
भिटामिन ए कार्यक्रमका लागि देशभर २५ हजार स्वास्थ्यकर्मी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।