सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार जनताका साथमा रहेको बताउनुभएको छ । आज सुनसरीको हरिनगर गाउँपालिका–४ मा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै मन्त्री कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा निर्माण भएको गठबन्धनको सरकार जनताको साथमा रहेको बताउनुभयो । अहिलेको सरकार जनताको सुखदुःखको साथमा रहेको बताउँदै उहाँले आउने चैतमा स्थानीय तहको निर्वाचन र माघमा राष्ट्रियसभाको निर्वाचन हुने भएकाले सबै मिलेर नेपाली कांग्रेस बलियो बनाउनका लागि लाग्नुपर्नेमा जोड दिनुभयो ।
फरक प्रसङ्गमा मन्त्री कार्कीले तय गरेको मितिमै पार्टीका १४औँ अधिवेशन सम्पन्न हुने बताउनुभयो । पार्टीको अधिवेशनलाई सफल बनाउन आग्रह गर्नुहुँदै उहाँले बाँकी रहेको पार्टीको विभिन्न तहको अधिवेशनमा सर्वसम्तरुपमा पदाधिकारी चयन गर्ने वातारण बनाउनुपर्ने बताउनुभयो ।
स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनसमेत जिकिँदै गएका कारणले पार्टीलाई बलियो र एकढिक्का बनाएर अगाडि बढनुको विकल्प नरहेको बताउनुभयो । आउने निर्वाचनमा पार्टीलाई एकढिक्का बनाएर अगाडि बढ्नका लागि नेता कार्कीले सबै स्थानीय नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
–––