काठमाडौं । जति जति नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिदै छ, त्यति–त्यति नेतृत्वका आकांंक्षीहरु आफ्नो उम्मेदवारी घोषणा गर्ने बढिरहेको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा अल्पसंख्यक अन्तर्गतको केन्द्रीय सदस्यमा युवा नेता सुशील नाहाटाले उम्मेदवारी घोषणा गरेका छन् । कामदार दैनिकसँग कुराकानी गर्दै नाहाटाले अल्पसंख्यक अन्तर्गतको केन्द्रीय सदस्यमा उमेदवार दिने बताएका हुन् । अग्रजलाई सम्मान गर्दै अब नेतृत्व युवाले लिनुपर्ने भन्दै उनी भन्छन्: नेपाली काँग्रेसमा पुस्तान्तरण र रुपान्तरणको खाँचो छ । त्यसका निम्ति युवाहरु नेतृत्व लिन अग्रसर हुनुपर्दछ ।
आफ्नो उम्मेदवारीबारे उनी थप्छन्– सबै अट्ने देश, सबैलाई जोड्ने काँग्रेस भन्ने नारा जस्तै उत्साह, एकता र रुपान्तरणको निम्ति युवा नेतृत्व आवश्यक छ । त्यसैले अल्पसंख्यक अन्तर्गतको केन्द्रीय सदस्यमा मैले उम्मेदवारी घोषणा गरेको छु ।
काठमाडौं–४ बाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि÷महासमिति समदस्य चयन भएका नाहाटा पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव समेत हुन् । लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय नाहाटाको उम्मेदवारीले युवाहरुलाई उत्साही तुल्याएको छ ।