सशस्त्र प्रहरीद्वारा गाँजासहित तीनजना पक्राउ

मुख्य समाचार राजनीति समाचार

महोत्तरी । महोत्तरीको एकडाँडा गाउपालिका वडा नं. ५ गेना बथनाहामा सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास महोत्तरीबाट खटीएको सप्रबह मन्तोष कुमार सिंहको ५ जनाको स्क्वाड टोलीले चेक जाँच गर्ने क्रममा नेपालबाट भारत तर्फ निम्न ३ जना ब्यक्तिहरुले टाउकोमा बोकी लैजादै गरेको प्रतिबन्धित लागु औषध गाँजा १०१.५ के.जि. बरामद गरेको छ ।

गाँजासहित ओसार–पसारमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको छ । पक्राउ पर्नेहरुमा महोत्तरी एकडाडा गा.पा. ५ बस्ने बर्ष ३६ को रमेश पासवान, सोही ठाउँ बस्ने बर्ष ६० को राम खेलावन मण्डल, महोत्तरी जलेश्वर न.पा. ७ बस्ने बर्ष ५० को सुरेश यादव रहेका छन् ।

सशस्त्र प्रहरी बल प्रदेश नं. २ को नेतृत्वमा गणेश ठाडा मगर आएपछि अवैध कारोवारी र तस्करीहरु सशस्त्रको निशानामा परेका ह्न् ।

Facebook Comments Box