स्थानीय तहको निर्वाचनमा एमालेसँग गठबन्धन हुनसक्छः ठाकुर

राजनीति

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाउने बताएका छन् । मंगलबार रातोपाटीसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले स्थानीय तहको निर्वाचनमा एमालेसँग गठबन्धन हुन सक्ने बताए

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलगायतका दलले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि लोसपा नेपालले भने ओलीलाई समर्थन गर्दै करिब तीन साताका लागि सरकारमा सहभागी भएको थियो । त्यसैबेलादेखि लोसपाको एमालेसँगको सम्बन्ध सुमधुर रहँदै आएको छ ।

आउँदो वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन देखि प्रदेशसभा तथा प्रतिनिधिसभासम्म तालमेल हुन सक्ने ठाकुरको भनाइ छ ।

उनले भने, ‘एमालेसँग हाम्रो त्यस्तो कुनै असन्तुष्टि छैन । आउँदो स्थानीय तहको निर्वाचनका लागि छलफल हुन्छ ।’ उनले अघि थप्दै भने, ‘सबै ठाउँमा नभएपनि स्थानीय स्तरमा गठबन्धन गर्न सकिन्छ ।

Facebook Comments Box