–अशोक खड्का
हरिवन, सर्लाही।
हरिवन नगरपालिकाको उप मेयरमा सोनि कुमारी बोम्जनले
उम्मेद्ववारी दिएकी छिन्।
निकै चर्चामा रहेकी र प्रशस्त सम्भावना बोकेकी सोनि कुमारी बोम्जनले उम्मेद्ववारी दिएकी छिन्। उनलाई नेपाली कांग्रेसले हरिवननगरपालिकामा उपमेयरको टिकट दिएको हो। नेपाली कांग्रेसको तर्फबाट हरिवन नगरपालिकामा उपमेयरको टिकट पाएकी सोनिकुमारी बोम्जनले अबको समय महिला नेतृत्वको भएकाले र आफू महिला अनि युवा पनि भएकोले पार्टीले दिएको ज़िम्मेवारी सफलताका साथ पूरा गर्ने बताईन्।
सोनी नेपाली कांग्रेसको १४औँ महाधिवेशन प्रतिनिधि साथै मधेस प्रदेश की मनोनित केंद्रीय सदस्य समेत हुन्।विभिन्न सामाजिकसंस्थाहरुबाट समाज लाई आफ्नो अमूल्य योगदान दिईसकेकी साथै विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरुमा समेत सहभागी भई विभिन्न राष्ट्रका प्रधानमन्त्री,राष्ट्रपति, मन्त्री हरु सँग भेट गरेर बिश्व परिवर्तनको निम्ति आफ्नो वेग्लै पहिचान बनाएकी उनलाई उप मेयरको राम्रो उम्मेद्ववारको रुपमा हेरिएको छ।
सबै मानिस जन्मेपछि एउटा बृहत् हितको लागि काम गर्नुपर्ने हुनाले आफु त्यसमा सदैव सकि्य रहेको साथै उद्यमशिलताको विषयमामहिला र युवालाई उद्यमी बनाउन राष्टको पहिलो प्राथमिकता हुन पर्ने र आफु त्यसको लागि सदैव लागि पर्ने बताउने सोनि जनजातिमहिला तथा युवा को संपूर्ण प्रतिनिधित्व गर्ने गरेर आफ्नो उम्मीदवारी आएकोले आफू बिजयी हुनेमा आशावादी रहेको बताउदैँ सम्पूर्णहरिवन नगरपालिकाका आदर्णिय दाजुभाई दिदिवहिनिहरुमा सहयोगकोलागि हार्दिक अनुरोध समेत गरेकी छन्।