तरूण दलको केन्द्रीय समिति विस्तार गर्न देउवाको निर्देशन

मुख्य समाचार राजनीति

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भ्रातृ संस्था, नेपाल तरूण दलको केन्द्रीय समितिलाई पूर्णता दिन निर्देशन दिएका छन्।

सोमबार बालुवाटामा तरूण दलका अध्यक्ष विद्वान गुरूङसँग कुराकानी गर्दै सभापति देउवाले छिटो केन्द्रीय समिति ल्याउन निर्देशन दिएका हुन्। साउन २ मा सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले साउनभित्रै भ्रातृ संस्थालाई पूर्णता दिने निर्णय गरेको थियो। सभापति देउवाले तरूण दल अध्यक्षमा गत चैत ९ मा विद्वानलाई अध्यक्ष तोकेका थिए। अध्यक्ष नियुक्त भएको चार महिना हुँदा पनि पदाधिकारी तथा केन्द्रीय समितिविहीन छ।

सोमबार बालुवाटारमा तरूण दलको केन्द्रीय समिति विस्तारबारे सभापति देउवा र अध्यक्ष गुरूङबीच छलफल भएको हो। अध्यक्ष गुरूङले अहिलेसम्म आफूले गरेका काम तथा नेताहरूसँग भेटघाट गरी तरूण दलको केन्द्रीय समिति विस्तारबारे कुराकानी गरेको सुनाएका थिए। ‘सभापति देउवाले तरूण दलको केन्द्रीय समिति छिटो ल्याउन निर्देशन दिनुभएको छ,’ गुरूङले भने।

Facebook Comments Box