काठमाडौँ, २१ माघ । पूर्वसांसद मञ्च नेपालले भारतका लागि नेपाली राजदूत पदमा नियुक्त हुनुभएका नीलम्बर आचार्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।
मञ्चले आज सम्मान कार्यक्रमको आयोजना गरी मञ्चका कावा अध्यक्ष झलकनाथ वाग्ले र महासचिव शङ्करनाथ शर्मा अधिकारीले फूल माला लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको हो । पूर्वगृहमन्त्री गोविन्दराज जोशीले भारतका लागि नेपाली राजदूत हुनुभएकामा बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
Facebook Comments Box