हिन्दू राष्ट्र स्थापित गर्नुपर्छ’

राजनीति समाचार

सप्तरी, २२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपतिशम्शेर राणाले हिन्दू राष्ट्रको पहिचान पुनस्र्थापित गर्नुपर्ने बताउनुभएको छ ।

राजविराजमा आज आयोजित प्रदेश नं २ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राणाले नेपालको मौलिक पहिचान कम्युनिष्ट र काङ्ग्रेसले मिलेर मेटेको आरोप लगाउँदै सगरमाथा र गोर्खालीको नामले चिनिए झँै संसारकै एक्लो हिन्दू राज्य भनेर चिनिएको नेपालको पहिचान पुनस्र्थापित गरी छाड्ने बताउनुभयो ।

नेता राणाले राष्ट्रपतिभन्दा पुरानो संरचनाकै राजसंस्थाबाट मात्र निष्पक्ष अभिभावकको भूमिका निर्वाह हुने जिकिर गर्नुभयो । अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले हिन्दू राष्ट्र पुनस्र्थापित गर्न सडकमा उत्रिने बताउनुभयो ।

Facebook Comments Box