सामाजिक सुरक्षा माग

मनोरन्जन राजनीति

काठमाडौँ, ३ भदौ । मनोरन्जन क्षेत्रमा क्रियाशील श्रमिकको सामाजिक सुरक्षा कायम गर्नुपर्नेमा जोड दिइएको छ । सामुदायिक प्रहरी, महिला तथा बालबालिका बेचविखन विरुद्व सहकर्मी समूह, नेपाल (एटविन), चेन्ज नेपाललगायत संस्थाले आयोजना गरेको अन्तक्र्रियाका वक्ताले डान्सबार, ब्यूटीपार्लर, रेष्टुरेण्ट, खाजाघरलगायतका मनोरञ्जन क्षेत्र व्यवस्थित हुन नसकेकाले श्रमिक समस्यामा परेका छन् भन्नुभयो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रममा सांसद कृष्णगोपाल श्रेष्ठले श्रमसम्बन्धी नियमले निर्दिष्ट गरेका मापदण्डअनुसार व्यवसायीले श्रमिकलाई काम लगाइ सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने बताउनुभयो । समुदाय प्रहरी साझेदारी कार्यक्रमका संयोजक प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले प्रहरीले हाल काठमाडौँका एक हजार ५२ विद्यालयसँग सहकार्य गरी शान्तिपूर्ण सामाज निर्माणका लागि विभिन्न गतिविधि तथा अभियान गर्दै आएको जानकारी दिनुुभयो । यस क्षेत्रमा क्रियाशील श्रमिकलाई बैकिंङ प्रणालीबाट पारिश्रमिक दिनुपर्ने बताउँदै उहाँले स्थानीय तहको समन्वयमा समाजमा शान्ति सुरक्षा व्यवस्थित गरिँदै आएको बताउनुुभयो ।

एटविनका अध्यक्ष अन्जना शाक्यले मनोरञ्जन क्षेत्रमा ससाना बालबालिकाको प्रयोग कानून विपरीत भएकाले त्यसलाई प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिँदै व्यवसायलाई व्यवस्थित गरी श्रमिकलाई तोकएको तलब तथा सुविधा दिन माग गर्नुुभयो ।

Facebook Comments Box