मन्त्री थापाको अध्यक्षतामा मूल समारोह समिति गठन

राजनीति समाचार

काठमाडौँ | २१ भदौ : समाज कल्याण परिषद्ले आगामी असोज ६ गते ३९औँ सामाजिक सेवा दिवस मनाउन महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाको अध्यक्षतामा आज ४५ सदस्यीय मूल समारोह समिति गठन गरेको छ । परिषद्को अध्यक्षसमेत रहनुभएकी मन्त्री थापाको अध्यक्षतामा आज बसेको परिषद् बैठकले समारोह तयारीका लागि परिषद्का उपाध्यक्ष निलमणि बरालको संयोजकत्वमा ११ सदस्यीय कार्यसम्पाद समिति गठन गरेको छ । त्यसैगरी बैठकले दिवसको विभिन्न कार्यक्रमहरु सञ्चालनका लागि पाँचवटा उपसमिति पनि गठन गरेको छ ।

परिषद्का सूचना अधिकारी हरि तिवारीका अनुसार उपाध्यक्ष निलमणि बरालको संयोजकत्वमा सात सदस्यीय पुरस्कार छनोट उपसमिति, गोकर्णप्रसाद भट्टको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, वीरबहादुर ठगुन्नाको संयोजत्वमा निमन्त्रणा वितरण र मञ्च व्यवस्थापन उपसमिति तथा सिद्धिनारायण महर्जनको संयोजकत्वमा सरसफाइ उपसमिति गठन गरिएको छ ।

Facebook Comments Box