सांस्कृतिक संस्थानको गाईजात्रा महोत्सव सुरु

मनोरन्जन राजनीति समाचार

काठमाडौँ, ३ भदौः सांस्कतिक संस्थानको आयोजनामा आजदेखि गाईजात्रा महोत्सव सुरु भएको छ । राष्ट्रिय नाचघर जमलमा आजदेखि ‘श्री रिद्धि सिद्धि ज्वेलर्स गाईजात्रा महोत्सव, २०८१’ सुरु गरिएको हो ।

संस्थानले नेवार समुदायको विशेष सांस्कृतिक पर्व गाईजात्रालाई सांस्कृतिक परम्परा, मूल्य मान्यताअनुरुप उत्सवका रुपमा मनाउन महोत्सव आयोजना गरिएको जनाएको छ । महोत्सवको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले यस प्रकारका महोत्सवले मौलिक सांस्कृतिक चाडपर्वको संरक्षण र जगेर्ना गर्ने बताउनुभयो ।

महोत्सवमा आज धुर्मुस–सुन्तली, पल्पसा चम्सुरी, जोगिन्दर मुला साग, लक्ष्मण नाम्नागेलगायतका कलाकारले सामाजिक र राजनीतिक विकृतिविरुद्ध प्रस्तुती दिनुभएको थियो । कार्यक्रममा भक्तपुरका नेवारी समुदायको माकः प्याखँ नृत्य पनि देखाइएको थियो ।

महोत्सव यही भदौ १० गतेसम्म सञ्चालन हुनेछ । महोत्सव प्रत्येक दिन साँझ पाँच बजेदेखि सुरु हुने जनाइएको छ ।

Facebook Comments Box