चितवन, २४ मङ्सिर : सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती कमचारी ऐन संशोधनका लागि परेको विधेयकमाथि छलफल सुरु भएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले आइतबारबाट संशोधन कर्ता माननीयसँग राज्य व्यवस्था समितिमा छलफल सुरु भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आजसम्म सात जनासँग छलफल भइसकेको छ । एक हजार पाँच सय ८३ वटा संशोधन परेको छ । सबै विषयमा नियमित छलफल हुन्छ ।”
आगामी अधिवेशनमा ऐन संशोधनका लागि संसद्मा पेस गर्ने गरी सरकारले काम गरेको उहाँले बताउनुभयो । मन्त्री गुप्ताले भन्नुभयो, “नौ वर्षदेखि अड्किएको विधेयकको विषयमा द्रूत गतिमा काम हुन्छ ।” यसले गर्दा कर्मचारीको मनोवल बढ्ने र वृत्ति विकासमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
Facebook Comments Box