नेपालका हरेक परिवर्तनमा सञ्चारकर्मीको भूमिका महत्वपूर्णः नेता निधि

मुख्य समाचार राजनीति

जनकपुर, ३० मङ्सिरः नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नेपालको हरेक परिवर्तनमा सञ्चारकर्मीको अहम् भूमिका रहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ धनुषा शाखामा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई आज आफ्नो निवास जनकपुरधाममा सम्मान गर्दै उहाँले लोकतन्त्र र सञ्चार एक अर्काको पूरक भएकाले लोकतन्त्रविना स्वतन्त्र सञ्चारको कल्पना गर्न नसकिने बताउनुभयो ।

नेता निधिले राज्यलाई अझ बढी जिम्मेवार र सकारात्मक रूपमा मुलुक बनाउने कार्यमा लाग्न खबरदारी जरुरी रहेको बताउनुभयो । “सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई अझ बढी मजबुत बनाउनका लागि सञ्चारकर्मीहरूको पनि ठूलो जिम्मेवारी छ । यसको अभ्यासमा भएका कमजोरीको विषयमा कलम चलाइ सच्याउनका लागि यहाँहरूले भूमिका खेल्नुपर्छ”, उहाँले भन्नुभयो ।

Facebook Comments Box