कांग्रेसको प्रदेश समन्वय विभागमा सदस्य मनोनीत

मुख्य समाचार राजनीति

काठमाडौँ, ९ माघ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली प्रमुख रहनुभएको प्रदेश समन्वय विभागको सदस्यमा १० सदस्य मनोनीत गर्नुभएको छ ।

मनोनयन हुनुभएका सदस्यहरूमा कृष्णबहादुर केसी, सुमित्रा खनाल, विजय भुसाल, श्री राधेश्याम पाठक, ब्रह्मप्रकाश रौनियार, मेघनाथ यादव, झनकराज तिमिल्सिना, भीमबहादुर शाही, जीतबहादुर लामा र सन्तोष कोइराला (परियार) हुनुहुन्छ ।

Facebook Comments Box