काठमाडौँ-सत्तारूढ नेकपा एमाले निकट मानिने नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको काठमाडौँ महानगर समितिले आफ्नो तेस्रो अधिवेशन सम्पन्न गरेको छ। माघ २८ गते कमलादीस्थित युनिग्लोब कलेजको सभाकक्षमा सो अधिवेशन सम्पन्न भएको हो ।
उक्त अधिवेशनले काठमाडौं महानगरमा नयाँ नेतृत्वको समेत चयन गरेको छ। निवर्तमान अध्यक्ष माधव प्रसाद ओलीका अनुसार नयाँ कार्यसमितिको अध्यक्षमा गणेश प्रसाद गुरागाईँ रहेका छन् । सो कार्यसमितिको उपाध्यक्षमा शान्ता मरासिनी र प्रदीप कुमार घिमिरे चयन भएका छन् भने सचिवको जिम्मेवारी बाबुराम शर्माले पाएका छन्। कोषाध्यक्षको जिम्मेवारीमा मिना कँडेल रहने छिन् भने सहसचिव कोषाध्यक्षमा क्रमशः शारदा केसी र देवकी देवी न्यौपानेको चयन भएको छ। कार्यसमितिको सदस्यमा क्रमश: सुमित रञ्जित, मोहन प्रसाद दाहाल, तुलसा गुरागाईँ, सुभद्रा बनाई, मधु लामा, अनिल पौड्याल, धिरज सापकोटा, नारायण प्रसाद भट्ट, सनिता सिवाकोटी, शिवकुमार तिम्सिना र प्रेमकृष्ण पाठक चयन गरेको उक्त महानगर अधिवेशनले शिक्षकहरूको हकहितको लागि संगठन अग्रमोर्चामा रहने प्रतिबद्धता जनाएको छ। काठमाडौं महानगरमा गुणस्तरीय शिक्षाको प्रवर्द्धन र विद्यालयको शिक्षा सुधारका निम्ति निरन्तर कृयाशिल रहनुपर्नेमा पनि सो अधिवेशनले जोड दिएको छ।
निवर्तमान अध्यक्ष माधव प्रसाद ओलीका अनुसार , अधिवेशनमा काठमाडौँ महानगरभित्रका १५ उत्कृष्ट विद्यालयलाई सम्मान पनि गरिएको थियो। बिभिन्न विद्यालयका उत्कृष्ट शिक्षक तथा कर्मचारीहरूलाई पनि सम्मान प्रदान गरिएको थियो।

Facebook Comments Box