वैदेशिक रोजगार व्यवसायी संघमा नेपाली काँग्रेस निकट लोकतान्त्रिक समूहका विष्णु गैरे प्यानलको ऐतिहासिक विजयी

मुख्य समाचार राजनीति वैदेशिक रोजगार समाचार

काठमाडौं, असोज ८ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा लोकतान्त्रिक समूहको ‘प्यानल’ नै विजयी भएको छ । संघको २७औं साधारणसभाअन्तर्गत गएराति सम्पन्न निर्वाचनका क्रममा नेपाली काङ्ग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको ‘प्यानल’ विजयी भएको हो । संघको अध्यक्षमा विष्णुप्रसाद गैरे निर्वा्चित भएका छन् । उनले कूल ३३० मत प्राप्त गरेका थिए । उनका निकतम् प्रतिद्वन्द्वी संघको निर्वाचनमा प्रगतिशील समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका सरोजकुमार पोखरेलले २८३ मत प्राप्त गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र संघीय समाजवादी पार्टी निकट व्यवसायीका तर्फबाट अध्यक्षमा पोखरेलले उम्मेदवारी दिएका थिए ।
संघको अध्यक्षमा विजयी भएपछि गैरेले सङ्घलाई सबै व्यवसायीको साझा मञ्चका रुपमा विकास गरेर लैजाने बताए । चुनावमा कूल ६ सय २१ मत खसेको थियो । संघको प्रथम उपाध्यक्षमा ३ सय ८१ मतका साथ हिमारब ओभरसिज प्रालिका सञ्चालक कमल तामाङ विजयी भएका छन् । त्यस्तै, लिंक प्रालिका सञ्चालक कमल देव मल्ल द्धितीय उपाध्यक्षमा ३ सय २२ मत, एसआरके नेपाल प्रालिका सञ्चालक किशोर कुमार केसी तृतिय उपाध्यक्षमा ३ सय ६० मतसहित विजयी भए ।

महासचिवमा एलायन्स ह्युमन रिसोर्स प्रालिका सञ्चालक सुजित श्रेष्ठले ३ सय ८८ मत ल्याई प्रगतिशिलका प्रत्यासी रामचन्द्र गिरीलाई १ सय ६८ मतले पराजित गरे । सचिवमा निलकमल ह्युमन रिसोर्स प्रालिका सञ्चालक मेघनाथ भुर्तेलले ३ सय ३३ र कोषाध्यक्षमा सिएसटी सिजन प्रालिकी सञ्चालिका इन्दिरा गुरुङले ३ सय ६७ मत ल्याई विजयी भए ।

संघको सदस्य पदमा डाइनामिक स्टाफिङ सोलुसन प्रालिका कर्णराज कटुवाल, अल नासिर ओभरसिज प्रालिका दिनेश कुमार राय, डस लिंक प्रालिका सुरेन्द्र अर्याल, इम्पाइमेन्ट क्रियसन सर्भिस प्रालिका हर्कबहादुर लिम्बु, नेपाल रिकुमेन्ट कन्सल्टेन्सी प्रालिका विजय लामा, ग्लोबल वेलफेयर एचआर सोलुसन प्रालिका बाबुलाल मगर नरेन्द्र, गुगल ओभरसिज सर्भिस प्रालिका केशवराज न्यौपाने, प्रेष्टिज एच आर सोलुसन प्रालिका छविलाल भटराई, जंगबाहादुर इजमएलन ओभरसिज प्रालिका छविलाल भट्टराई, त्रिवेणी ओभरसिज प्रालिका लक्ष्मण पौडेल निर्वाचित भए।

Facebook Comments Box