नेपालमै बसेका पनि एनआरएनएको मतदाता

प्रवास राजनीति समाचार

काठमाडौं । आगामी नेतृत्व हत्याउन नेपाल बसेका केही व्यक्तिहरु समेत एनआरएनएको मतदाता भएको खुलेको छ । गैरआवासीय नेपाली संघ नेपालको अधिवेशनमा भाग लिनको युएईबाट आउने मतदाताको नाम लिस्टमा चरम राजनीति भएको भएको पाइएको हो । युएईबाट केन्द्रीय अधिबेशनमा भाग लिनको लागि आउनुपर्ने १३८ जना प्रतिनिधिको नामावलीमा पूर्व कार्यसमितिको नाम नभेटेपछि नेपाल आएर हङ्गामा गरेपछि आफुहरुको नाम समावेश गरिएको गैर आवासीय नेपाली संघ युएईका निवर्तमान अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए ।

उनले तीन सय चार सय जनाको नाम हालेको भनेता पनि अहिलेको कार्यसमितिले राजनीतिक भागबन्डाका आधारमा नामावली तयार पार्दा आफुहरुको नाम नसमेटिएको पनि बताए । सामाजिक सस्थामा यसरी चरम राजनीति हुनु नहुने भन्दै उने यस्तो कार्यप्रति केन्द्रको ध्यानाकर्षण हुनुपर्ने बताए ।

असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय अधिबेशनमा भोटिङ हुने नामावलीमा युएईबाट भिसा क्यान्सिल गरेर बर्षौंदेखि नेपालमा रहेकाहरुको पनि नाम राखिएको छ ।

विधानत भिसा क्यान्सिल भएको तीन महिनासम्म मात्रै एनआरएनएको सदस्यता मान्यता हुने भएता पनि बर्षौंदेखि भिसा क्यान्सिल गरेर नेपालमा बस्नेहरु पनि सदस्य रहेको भन्दै मतदाता नामावलीमा नाम समावेश गरिएको पाइएको छ ।

Facebook Comments Box