नेपाल आइडलको मञ्चमा पहिरनको आकर्षण

मनोरन्जन मुख्य समाचार राजनीति

नेपाल आइडलका उत्कृष्ट पाँचप्रतिस्पर्धी हरेक हप्ता सुटिङको दिनबिहानैदेखि बाटो हेरेर बस्छन् । गेटबाटभित्र पस्न नपाउँदै सोधिहाल्छन । आज मेरो लागि ड्रेस राम्रो छ नि है ?उनीहरु एकैपटकआफ्नो ड्रेस हेर्न हतारिन्छन् । ड्रेस शरीरमा चिटिक्क मिलेपछि स्टेजमा प्राक्टिस गर्न हतारिन्छन् । डिजाइनर राधा ढकालले ड्रेसका सौखिन सहभागीहरुको यो रमाइलो अनुभव सुनाउनुभयो । अहिले एपिवान टेलिभिजनबाट नेपालको ठूलो गायनरियालिटी शो “नेपाल आइडल सिजन– ३” प्रसारण भइरहेको छ । जहाँहामीले टप टेनहुँदै टप फाइभसम्मका सहभागीहरु देख्न सक्छौं । । नेपाल आइडलको टप टेनबाट नै सहभागी, निर्णायक र उदघोषकहरुकालागिडिजाइनर राधा ढकालले डे«स डिजाइन गरिरहुनभएको छ अहिलेसम्मउहाँको ड्रेस डिजाइनिङको देशदेखि विदेशसम्म नै प्रशंसा भइरहेको छ । उहाँको विचारमा सुहाउँदो ड्रेसअपआत्मविश्वास बढाउने महत्वपूर्ण सुत्र हो ।
हरेकहप्ताको सुटिङमा सहभागीहरु स्टेजमाजादानिर्धक्कभएर आत्मविश्वसका साथगीतगाउने गर्छन् । यसको लागिचिटिक्क मिलेको आकर्षक ड्रेस अपउनीहरुको लागि महत्वपूर्ण कुरा भएको डिजाइनर राधाको भनाई छ । सहभागी मुस्कान रानाभाट, सज्जा मैनाली, मेघा श्रेष्ठले हरेक हप्ताको गायनमापाउने प्रशंसामा ड्रेसअपको भूमिकालाई पनि महत्वपूर्ण मान्ने गरेको उहाँको बुझाई छ ।
त्यस्तै, निर्णायक र उदघोषककालागिपनि सहभागीहरुले गाउने गीतअनुसार सम्पूर्ण टीमलाई नै रोमाञ्चक र आकर्षक देखिने गरी प्रस्तुतगर्न डिजाइनर ढकालले धेरै नै मिहिनेत गरेको देखिन्छ । यसको आनन्ददर्शकले हेरेर लिइरहेका हुन्छन् भने प्रसंसा हेर्नेहरुले पनिगरिहरेका छन् । सहभागीहरुले लगाउने ड्रेसप्रतिअहिलेधेरैले रुचि र चासो पनिदेखाउने गर्छन् । गीतअनुसार चिटिक्क परेको आफूलाई सुहाउँदो ड्रेस लगाएर स्टेजमागीतगाउनजादा फरक खालको आत्मविश्वास आउने सहभागीहरुको भनाई छ । उनका डिजाइनिङहरुले अन्र्तर्राष्ट्रिय क्षेत्रमापनिउत्कृष्ट पहिचानबनाउन सफलभएको छ । फेशन डिजाइनिङमा उहाँको २० वर्ष लामो अनुभव छ । हालउहाँको न्यूरोडविशालबजारमा रहेको इगलआइज फेशनहाउस एण्ड बुटीकको संञ्चालक हुुनुहुन्छ ।
फलको आशा नराखीगरिएको कामको प्रतिफल सधै सकारात्मकहुने गर्छ । सकारात्मकप्रतिफले जीवनमा सर्धैभरी हौसला र प्रेरणा दिने गर्छ । डिजानइनर राधा ढकालको यो सकारात्मक सोच र कार्यशैलीले फेशन डिजाइनिङको क्षेत्रमा पछिल्लो समय निकै सफलताप्राप्तगर्नुभएको छ ।

Facebook Comments Box