शिक्षक मृत भेटिए

राजनीति समाचार

बेत्रावती | १३ असोज : दुप्चेश्वर गाँउपालिका-३ राउतबेँसीस्थित नवज्योती प्राथमिक विद्यालयका प्रधानाध्यापक गणेश पण्डित शुक्रबार साँझ मृत अवस्थामा भेटिएका छन् । दुप्चेश्वर-७ अम्बोटेका ४५ वर्षीय पण्डित बिहीबार विद्यालयमा पढाउन गएर फर्कने क्रममा हराएकोमा घर नजिकै बाँसबोटे भन्ने जङ्गलमा मृत भेटिएको जिल्ला प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दिनुभयो ।

जङ्गल क्षेत्रमा भीरबाट लडेको जस्तो देखिए पनि उनको शरीरको विभिन्न अङ्गमा चोट लागेको, लडेको स्थानभन्दा केही परसम्म समेत रगत देखिएकाले घटनामा अपराध भएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान शुरु गरेको छ । शव परीक्षणको लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ ।

Facebook Comments Box