काठमाडौ । नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालमा गुरु सम्मान दिवशको अवशरमा यस बर्षको गुरुपुजा सम्पन्न भयो । नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालका सम्पूर्ण खेलाडीहरुले गुरु पूर्णिमा-२०७८ को शुभ अवशरमा गुरुलाई शुभकामना सहित सम्मान गरी धुम-धाम पूर्वक गुरु पूजा मनायो ।
नेपाल स्वयम्-सेबक प्रशिक्षक खेलकुद महासंघका अध्यक्ष एवम् नेपाल सितोरियो कराते संघका केन्द्रिय सचिव तथा प्रवक्ता तथा शाखा डोजो नक्सालका प्रमुख प्रशिक्षक गजेन्द्र बहादुर खपाँगी ‘ईश्वर’ लाई डोजो द्धारा उत्पादित सिनियर राष्ट्रिय तथा अन्तराष्ट्रीय खेलाडीहरु,सहायकप्रशिक्षकहरु, राष्ट्रीय निर्णायकहरु,करातेकर्मी लगायतले गुरु प्रति सम्मान र सदभावले फूल,माला,खादा अबिर लगाई फलफुल तथा मिठाई ख्वाएर सम्मान गरी गुरु पुजा मनायो । प्रमुख प्रशिक्षक एबम अध्यक्ष खपाङ्गीले ह्याप्पी गुरु-पुर्णिमा लेखिएको केक काटी गुरुपुजाको आरम्भ गरेका थिए ।
बिगत २२ बर्ष देखि अर्थात २०५६ सालमा स्थापित यस डोजोमा दैनिक रुपमा करिव एकसय जना खेलाडीहरुले प्रशिक्षण लिईरहेका थिए भने हाल बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका कारण मुलुकभर निषेधाज्ञा भएकोले बिगत एक साता देखि स्वास्थ सावधानी अपनाई अनिवार्य मास्क र स्यानिटाईजर प्रयोगका साथै भौतिक दुरी कायम गरि एक पटकमा १०-१५ जना मात्र सहभागी गरि यही साउन १ देखि प्रशिक्षण सन्चालन भईरहेको अध्यक्ष खपाङ्गीले बताउनुभयो ।
नेपाली करातेको ईतिहासमै सबैभन्दा बढी प्रतियोगिता आयोजना गर्ने मुलुकको प्रख्यात डोजोको रुपमा परिचित यस डोजोले काठमाण्डौमा गत असार २६ देखि २९ गते सम्म खेलाडीहरुको मनोवललाई उच्च राख्न र कराते खेलकर्मीहरुको नैराश्यतालाई टाढा राख्न मद्धत पुर्याउने उदेश्यका साथ बिशेष स्वास्थ्य सतर्कता अपनाउदै आफ्नो २२ ओै प्रतियोगिता सातौ सगमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिताको सफल आयोजना गरेका थिए ।
दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी लगायत हजारौ खेलाडीहरु उत्पादन गरिसकेको यस डोजोले हालसम्म २ वटा काठमाण्डौ जिल्ला-व्यापी,६ वटा उपत्यका-ब्यापी,६ वटा बागमतीअन्चल-व्यापी,१ वटा अन्तरडोजो राष्ट्रव्यापी र ७ वटा सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिताको सफल आयोजना गरिसकेकाछन ।
यस शाखा डोजोले राष्ट्रिय प्रतियोगितामा मात्र नभई अन्तराष्ट्रिय जगतमामा पनि आफ्नो सहभागी जनाई राष्ट्रको नाम कराते खेलको माध्यमवाट संसारभर चिनाउने कार्यमा निरन्तर लागिरहेको छ । प्रत्येक बर्ष आफ्नो बार्षिक क्यालेन्डर अनुरुप बिभिन्न सामाजिक कार्य तथा प्रतियोगिताहरु आयोजना गर्दै आईरहेको यस शाखा डोजो नक्सालको यो समग्रमा २२ औं गुरु पूजा हो ।