तोङ्ग इल मो दो को ३ दिने कार्यशाला गोष्टि तथा ब्ल्याक बेल्ट प्रोमोशन समारोह सप्पन्न

खेलकुद समाचार

अशोक खड्का 

काठमाण्डौँ।

तोङ्ग इल मो दो संघ नेपाल (एकीकृत मार्सल आर्ट ) को आयोजनामा ३ दिने कार्यशाला गोष्टि तथा १३औं राष्ट्रिय ब्ल्याक बेल्ट प्रोमोशनको दिक्षान्त समारोह सप्पन्न भएको छ। बिर्तामोड-०४, झापा मा उत्साहका साथ सम्पन्न भएको व्लाक बेट प्रोमोशन कार्यक्रममा कन्काई , अर्जुनधारा ,बिर्तामोड नगरपालिका, बार्दर्शी गाउँ पालिका झापा साथै बिराटनगर मोरङका समेत गरि उत्कृष्ट खेलाडीहरुको सहभागिता रहेको थियो। राष्ट्रियता,स्वाथ्य र शान्ति अभिवृद्धि गर्ने उद्देश्यका साथ उक्त  कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ।

 

 

बिर्तामोड साई पाटी प्यालेशमा आयोजित कार्यक्रममा तोङ्ग इल मो दो संघ नेपालका अध्यक्ष तथा अन्तरास्ट्रिय प्रशिक्षक प्रकाश श्रेष्ठ को सभापतित्व तथा नेपाल खेलकुद महासंघ प्रदेश एकका प्रमुख श्री शंखर थापाको प्रमुख आतिथ्यता रहेको थियो। साथै तोङ्ग इल मो दो संघ नेपालका केन्द्रिय सदस्य राम बहादुर लिम्बू र अशोक कुमार चौधरी तथा “WFWP” सुनसरी जिल्ला अध्यक्ष सीता लिम्बु, तोङ्ग इल मो दो संघ झापा जिल्लाका कोषाध्यक्ष बिर्सिका गुरुङ्ग, देवकोटा एजुकेशन फउन्डेशनको प्रिन्सिपल लेख्नाथ गुरागाँई, शुर्योदय नगर खेलकुद सदस्य दिपक पौडेल आदि अतिथिको रुपमा सहभागी भएका थिए।

 

दिक्षान्त समारोहका मुख्य निर्णायक तोङ्ग इल मो दो संघ नेपालका केन्द्रिय उपाध्यक्ष खड्ग दाहालले गरेका थिए भने उप्त कर्यक्रमको सन्चालन तोङ्ग इल मो दो संघ मोरङ्ग जिल्लाका सचीव लोक बहादुर गिरिले गरेका थिए।

 

कार्यक्रममा आफ्नो मनतव्य राख्दै प्रमुख अतिथी शंखर थापाले खेलकुदले व्यक्ति लाई अनुसाशित बनाउने र यश खेलमा अनुसाशन रहेको बताए । रास्ट्र,स्वाथ्य र शान्त्तिको लागि खेलिने यश खेलमा उनले आफुले खुलेर सहयोग गर्ने कुरामा जोड दिए । शंखर थापाले खेलाडीहरुलाई हौसला र उत्साह दिदै जिम्मेवारी बोध भएको कुरा ब्यक्त गर्दै प्रोमोशन भएका खेलाडीहरुलाई बधाई तथा शुभकामना समेत दिए ।

 

तोङ्ग इल मो दो संघ नेपालका केन्द्रिय अध्यक्ष प्रकाश श्रेष्ठले यो तोङ्ग इल मो दो (एक एकीकृत मार्शल आर्ट )रहेको र यसको प्रमुख उध्देश्य शान्ति स्थापना गर्ने बताए। नेपालमा रोड बाट सुरु गरि हाल ४० भन्दा बढी जिल्लामा र झापामा मात्रै ३०० भन्दा बढी र नेपालमा १५ सय भन्दा बढी खेलाडी उत्पादन भैसकेको विश्वमा ५६ देशमा आधिकारिक रूपमा दर्ता भएर बिकास र बिस्तार भैरहेको र नेपालले मात्रै पटकपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर ५१ वटा अन्तर्राष्ट्रिय पदक जित्दै देशको गौरव बढाउन सफल भएको बताए।  साथै उनले यों खेलको माध्यमबाट मन र शरीर एकीकृत गर्दै आफुलाई पुर्ण नियन्त्रणमा राख्न सकिने साथै व्यतिलाई परिपक्क, परिवार आदर्श, समाज सभ्य साथै राष्ट्र र विश्वमा शान्ती स्थापनाको लागि महत्वपुर्ण भुमिका खेल्ने कुरामा उनले जोड दिए। खेलाडीहरुको उत्कृष्ट कला प्रदर्शन  सँगै  कार्यक्रम सफल रुपमा सम्पन्न भएको थियो।

Facebook Comments Box