राष्ट्रिय मेयर कप तेक्वान्दोमा चन्द्रागिरिका खेलाडीको उत्कृष्ठ प्रदर्शन

खेलकुद समाचार

काठमाडौँ । चौथो राष्ट्रिय मेयर कप तेक्वान्दो चाम्पियनसिप–२०७८ आज सम्पन्न भएको छ । चितवनको माडीमा सम्पन्न भएको चौथो राष्ट्रिय मेयर कप तेक्वान्दो च्याम्पियनसिप २०७८ मा चन्द्रागिरि नगरपालिका समग्रमा दोश्रो हुन सफल भएको छ । चन्द्रागिरि तेक्वान्दो डोजाङका चार खेलाडीले स्वर्ण, दुई खेलाडीले रजत तथा चार खेलाडीले कास्य पदक हात पार्न सफल भएका हुन् ।
स्पारिङतर्फ रचना कुमाल र सुजल कार्कीले स्वर्ण, खुश्वु लिम्बुले रजत तथा दिव्या लामा, रूप्रित श्रेष्ठ र नरेश मगरले कास्य पदक हात परेका छन् । त्यसैगरी पुम्सेतर्फ सेलि गुरूङ स्वर्ण, सितास्मा श्रेष्ठ रजत र संगम थापा कास्य पदक आफ्नो नाममा लेखाउन सफल भएको चन्द्रागिरि तेक्वान्दो डोजाङले जनाएको छ । त्यस्तै पुम्सेको समुहको प्रतिस्पर्धामा सेलि गुरूङ, संगम थापा र विशेष शाहीको टोलीले स्वर्ण पदक हासिल गरेका छन् ।

Facebook Comments Box