शुसिल खनाल
सौल, दक्षिण कोरिया।
नेपाली परोपकार समाज खुजी थेगु दक्षिण कोरियाले यही आउँदो कोरियन महान चाड छुसकको अबसरमा खुल्ला कोरिया ब्यापि नकआउट भलिबल प्रतियोगिता गर्ने भएको छ ।
लामो समय सम्म कोभिड -१९ कोरोनाको कारणले अन्य कुनै पनि कार्यक्रमहरु गर्न नसकी रहेको अवस्थामा अहिले केही सहज अवस्था देखिएकोले कोरियामा यहि आउदो सेप्ट्म्बर 11 तरिक छुसकको अवसरमा सबैको छुट्टी मिल्ने भयेकोले समग्र नेपाली समुदाय तथा साथीभाइहरुको सौहार्दपूर्ण भेटघाट र मिलन होस् भन्ने हेतुले भलिबल प्रतियोगिता मनोरञ्जनात्मक रुपमा गर्न लागियेको आयोजकले बताएको छ।
कोरियामा रहेका इछुक सबै भलिबल टिमहर समाबेस गरि खेल खेलाउने नेपालि परोपकार समाजले निणय गरेको छ।
खेल थेगु नजिकै कुजीको भलिबल खेल मैदानमा खेलाउने कुरा पनि जानकारी गराईेएको छ ।
प्रतियोगिता भब्य रुपमा सम्पन्न गर्नको लागि कोरिया मा रहेका भलिबल क्लब ,संघ संस्थाहरु एबम् नजिकै रहेका हाम्रा संघ संस्था तथा बुद्दिजिवी र खेल प्रेमिहरुलाई प्रतियोगिता सफल पार्नको लागि सहयोग गरिदिनु हुन पनि आयोजक सँस्थाको तर्फ बाट अनुरोध गरिएको छ । थेगु र यस आसपासको क्षेत्रमा रहनु हुने सम्पूर्ण खेलाडीहरुलाई प्रतियोगितामा सहभागीता जनाउन तथा खेल प्रेमी महानुभावहरुलाई खेल मैदानमा उपस्थित भएर खेलाडिहरुलाई हौसला प्रदान गरिदिनुहुन नेपाली परोपकार समाज खुजी थेगु दक्षिण कोरिया हार्दिक अनुरोध गरेको छ।
बिस्तृत जानकारिको लागि फत्त पुन 010 23969998 अध्यक्ष निमेष गुरुङ 01048822044 उपाध्यक्ष फडिन्द्र भट्टराई 01068558503 सचीव अमृत अधिकारी. 01096142097 बिनय सिन्जाली0108295996