सौल, दक्षिण कोरिया ।
तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले आयोजना गरेको ख्यङ्साङ्नाम्दो फूटसल कप प्रतियोगितामा तमू धीं थेगु शाखाले प्रथम स्थान हासिल गरेको छ । किम्हे सहरमा सम्पन्न उक्त प्रतियोगिताको फाईनलमा सुवन एफसी विरुद्ध २-१ गोलको अग्रता लिदै निर्धारित समयमा सकिएको खेलमा तमू धीं थेगु शाखाले नगद तीस लाख कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दै विजेता बनेको हो ।
सो प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफल सुवन एफसीले पन्ध्र लाख कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्यो भने दुई सेमिफाईनलिष्ट टिमहरु तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा र मोक्पो एफसीले जनही पाँच/पाँच लाख कोरियन वोन सहित प्रमाण पत्रमा चित्त बुझायो । अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडीमा सुवन एफसीका सुजल केसी, उत्कृष्ट गोलकिपर तमू धीं थेगु एफसीका मिलन पुन, सर्वाधिक गोलकर्ता तमू धीं थेगु एफसीकै रमेश गुरुङ, अनुशाषित टीम सङ्जु एफसी घोषित हुँदै जनही एक/एक लाख कोरियन वोन सहित ट्रफी, मेडल प्रमाण पत्रले पुरस्कृत भए भने मोक्पो एफसीका बिक्रम गुरुङ उत्कृष्ट म्यानेजरको रुपमा मेडल र प्रमाण पत्रले सम्मानित भए ।
फुटबल महासंघ दक्षिण कोरियाका अध्यक्ष तमु बो् (कृष्ण गुरुङ) को समेत बिशेष आतिथ्यतामा सम्पन् उक्त कप प्रतियोगितामा फुटबल महासंघ दक्षिण कोरियाका उपाध्यक्ष एंब ख्यङ्साङ्नाम्दो फूटसल कप प्रतियोगिताका संयोजक फिलिप गुरुङले बिजयी टिमहरुलाई हार्दिक बधाई दिदैं खेल सभ्य ,भब्य एंव अनुशासित रुपमा समपन्न भएको उदघोष सहित सहयोगी सम्पुर्णमा हार्दिक धन्यवाद ज्ञापन समेत गरे।त्यसै गरि तमु धि बुसान शाखाका अध्यक्ष कर्ण गुरुङले तमु धि केन्द लगाएत प्रायोजक सम्पुर्ण संघ सस्थालाई सहयोगको लागि हार्दिक धन्यवाद दिदैं आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा रहेको बताए।
खेलको मनोरञ्जनसँगै कोरियामा रहेका नेपालीहरु विचको आत्मियता, भाईचारा र बन्धुत्वको भावना अभिबृद्धि गर्ने उद्धेश्यले किम्हे सहरको खेलमैदानमा सम्पन्न उक्त प्रतियोगितामा जम्मा २९ टिमको सहभागिता रहेको थियो । बाक्लो फूटबलप्रेमी दर्शकहरुका विच सम्पन्न प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा तमू धीं दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष लेसन गुरुङ प्रमुख अतिथिको रुपमा उपस्थित थिए । प्रतियोगिता सफल पार्न आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्णमा आयोजक संस्थाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।