नेपाल मगर संघ थेगु शाखाले अक्टोबर २ तारिखका दिन भलिबल प्रतियोगिता गर्ने

कोरियाअपडेट खेलकुद

सन्तोष खड्का 
सौल/दक्षिण कोरिया 

“स्वास्थ्य,स्वच्छ,मैत्रीपुर्ण खेल ,प्रवासमा नेपालीहरूको मेल ” भन्ने मुल नाराको साथ नेपाल मगर संघ थेगु शाखाले हल ब्यवस्थापन साथै आकस्मिक राहत कोष स्थापनार्थको लागि आउदो अक्टोबर २ तारिखको दिन खुल्ला पुरूष भलिबल प्रतियोगिता २०२२ गर्ने भएको छ।

बिगत २ बर्ष देखी कोरोनाको कारण प्रवासमा हुने बिभिन्न कार्यक्रम थप्प भएको थियो केही महिना देखी फेरी बिस्तारै कोरियामा हुने गतिविधि हरू पुनः सुचारू हुन् थाले संगै सम्पुर्ण नेपाली खेल प्रेमी साथीहरूको उत्साह चाहना र रूचीलाई मध्यनजर गर्दै यो कार्यक्रम तय गरिएको कुरा संस्थाका प्रमुख सल्लाहकार नरेश थापाले बताएका छन्।

थेगु शहरको कुजी खेल मैदानमा हुने उक्त दिन कुनै पनि संघ संस्थाले कार्यक्रम नजुधाई सहयोग गरिदिनको लागि पनि मगर संघ थेगु शाखाका अध्यक्ष चिरन थापाले अनुरोध गरेका छन। अन्य खेल संग सम्बन्धित सम्पुर्ण जानकारीहरू छिट्टै नै दिने कुरा संस्थाका महा सचिब खड्ग घर्ती मगरले बताए।

Facebook Comments Box