शुसिल खनाल
सौल/ दक्षिण कोरिया ।
प्रथम MAJEON FC फुटसल प्रतियोगिता २०२२,जुलाई ३ तारिखका दिन भब्य रुपमा सम्पन्न भएको छ। MAJEON FCका अध्यक्षराकेश गुरुङकाअनुसार उक्त प्रतियोगितामा ३० वटा टिमले सहभागिता जनाएका थिए। उक्त प्रतियोगितामा प्रमुख अतिथिको रुपमी तमु बो् , अतिथिको रुपमा फिलिप गुरुङ, चित्रराज पाठक, क्वाङ जिन जङ, ली मिन हे , हेओ र येओनकोसहभागिता रहेको थियो भने प्रतियोगितामा MAJEON FC का अध्यक्ष राकेश गुरुङको सभापतित्वमा भएको थियो ।
प्रतियोगितामा प्रायोजकहरूको रुपमा Dongnam प्याकेज, Joongbu विश्वविद्यालय, 대전 이주민 지원 센터, DB बीमा, लुम्बिनीभोजनालय देजन , आईएफसी अन्तर्राष्ट्रिय फेलोशिप केन्द्र र GmoneyTrans रेमिटले सघाएका थिए भने मिडिया पाट्नरको रुपमा कामदार दैनिक रहेको थियो।
उक्त प्रतियोगितामा विजेता ग्रीन सिटी इलाम एफसी भई ३० लाख वन जित्न सफल भयो भने उपविजेता मुगुक हिमालय ब्ल्याकएफसी भई १५ लाख जित्यो। त्यसैगरी सोनम चाम्लिङ राईले उत्कृष्ट गोलकिपरको रुपमा ले १ लाख वन , उत्कृष्ट खेलाडीको रुपमानिशान कार्कीले १ लाख वन र सर्वाधिक गोलकर्ताको रुपमा राज श्रेष्ठले १ लाख वन जित्न सफल भए।
प्रतियोगितालाई सभ्य र भव्य रुपमा सम्पन् गर्न सहयोग गर्ने सम्पुर्णमा MAJEON FC परिवारको तर्फवाट MAJEON FCका अध्यक्षराकेश गुरुङले हार्दिक कृतज्ञता ब्यक्त गरेका छन्।