प्रकाश श्रेष्ठ
काठमाडौ ।
तोङ्ग ईल मो दो ( The way of unified martial arts) नेपालका अन्तर्राष्ट्रिय खेलाडीहरु राष्ट्रिय सभा गृह काठमाडौमा एक भब्य कार्यक्रमका बीच सम्मानित भएका छ्न।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन काठमाडौ जिल्ला कमिटीले २०७९ भदौ २१ गते प्रवेशिका परिक्षा उतृण तथा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई बधाई ,सम्मान तथा स्वागत कार्यक्रमको अवसरमा 10th Tong Il Moo Do world cup -2018 ,नयाँ दिल्लीमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक बिजेता धनराज बिक ,मुगु र 2019 world Martial Arts Mastership दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक बिजेता मनिका सुनार ,नारायणी न पा ४ चितवन लाई विश्व जगतमा खेलको माध्यम बाट देशलाई चिनाउन र देशको गौरव बढाउन सफल द्वय अन्तर्राष्ट्रिय खेलाडीहरुलाई त्यसको उच्च कदर गर्दै भबिस्यमा उत्तर उत्तर प्रगतिको कामना सहित खादा र सम्मान पत्रले सम्मान गरिएको थियो।