अन्तर्राष्ट्रिय पदक विजेता धावक निमेश गुरुङ सम्मानित

खेलकुद

काठमाडौं । अन्तर्राष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङलाई राष्ट्रिय खेल प्रतिभा पुरस्कार तथा सम्मानद्वारा सम्मान गरिएको छ । बैकुण्ठ मानन्धर खेलकुद नेपालले सोमबार एक कार्यक्रमको आयोजना संस्थाका अध्यक्ष किर्तिमानी धावक बैकुण्ठ मानन्धरले ताम्रपत्र एवं दोसल्ला ओडाएर गुरुङलाई सम्मान प्रदान गर्नुभयो । गुरुङले विश्वका विभिन्न राष्ट्रहरुमा आयोजित दौड प्रतियोगिताहरुमा उत्कृष्ठ प्रदर्शन गर्दै नेपाल र नेपालीको गौरव वृद्ध गर्नुभएकोमा सम्मान प्रकट गरिएको हो ।

सम्मान ग्रहण गर्दै गुरुङले सवैमा धन्यवाद व्यक्त गर्नुभएको थियो । साथै सोही अवसर पारेर उहाँले नेपालका उदयमान खेलाडिहरुको प्रशिक्षणका लागि जुत्ता, ड्रेस तथा विभिन्न खेलकुद सामाग्री समेत सहयोग प्रदान गर्नुभएको थियो । कार्यक्रममा वरिष्ट गीतकार बुद्धवीर लामा, अन्तर्राष्ट्रि भेट्रान धावक रामकृष्ण महर्जन, एथलेटिक्स परिवार नेपालका वरिष्ठ उपाध्यक्ष दीपक रञ्जित, भेट्रान धावक पुष्पलाल श्रेष्ठ, मास्टर एशियन पदक विजेता धर्म महर्जन, स्वयंम्भू एथलेटिक्स ट्रेनिङ सेन्टरका अध्यक्ष एवं प्रमुख प्रशिक्षक रमेश सुनार, महासचिव शैलेन्द्रमान श्रेष्ठ लगायतका खेलक्षेत्रमा व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box