रबि पराजुली
दक्षिण कोरिया, जुन ५, २०२३
दक्षिण कोरियाको आन्सानमा सञ्चालन भैरहेको तेस्रो आन्सान कपमा उपाधि गुल्मीले आफ्नो पोल्टामा पारेको छ । उपाधिका लागि भएको अन्तिम खेल गुल्मी र बाग्लुङ्ग बिच भएको थियो ।
निकै प्रतिस्पर्धात्मक रहेको यस खेल आफ्नो पक्षमा पार्नको निम्ति स्पाइकर करण ओलीको निकै महत्वपूर्ण खेल खेलेका थिए जसले जर्सी नम्वर पाँच लगाएर मैदानमा उत्रिएका थिए । यस अघि हुने गरेको धेरै खेलहरूमा बाग्लुङ्गको दबदबा रहने गरेको भएपनि यसपालि भने गुल्मीले उपाधि उचालेको छ ।
सो खेलमा गुल्मीका जीवन दगामीलाई बेष्ट प्लेयर, गुल्मी कै करण ओलीलाई बेष्ट स्पाइकर, बाग्लुङ्गका प्रकाश मल्ल बेष्ट लिबेरो, बाग्लुङ्ग कै और्यजंङ्ग क्षैत्री बेष्ट ब्लकर साबित भए भने दिनेश क्षेत्रि र थेसो परियार बेष्ट सटरको रूपमा खेल प्रस्तुत गरे ।
Facebook Comments Box