कैलाली, २७ मङ्सिर : धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आज भएका दुई खेलमा क्रिकेट एक्सिलेन्स सेन्टर र कैलाली मल्टिपल क्याम्पस विजयी भएका छन् ।
समूह ‘डी’ अन्तर्गतको खेलमा एक्सिलेन्स सेन्टरले जेएस स्पोर्ट्स–११ सुपर स्टार्सलाई तथा समूह ‘बि’ अन्तर्गतको खेलमा कैलाली मल्टिपल क्याम्पसले शारदा सेकेण्डरी स्कुललाई पराजित ग¥यो । पहिलो खेलमा क्रिकेट एक्सिलेन्स सेन्टरले जेएस स्पोर्ट्स–११ सुपर स्टार्सलाई तीन विकेटले पराजित ग¥यो ।
जेएस स्पोर्टस्–११ ले दिएको १३२ रनको लक्ष्य क्रिकेट एक्सीलेन्स सेन्टरले सात विकेट गुमाएर १८.५ ओभरमा पूरा ग¥यो । क्रिकेट एक्सीलेन्स सेन्टरका लागि योगेश भाटले सर्वाधिक ३० रन बनाए भने अर्जुन घर्तीले २२, राजकुमार शाहले २० तथा सचिन लेखकले १९ रन बनाए । जेएस स्पोर्टस्–११ का बलर साजन बिटालुले तीन, विकास सुनारले दुई तथा भरत विष्ट र खगेन्द्र महराले एक÷एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको जेएस स्पोर्टस्–११ सुपर स्टार्सले २० ओभरमा नौ विकेट क्षतिमा १३१ रन बनायो । जेएस स्पोर्टस्–११ को लागि राज बमले अर्धशतकीय योगदान दिने क्रममा ६१ रन बनाए । उनले ४९ बलमा चार चौका र चार छक्का प्रहार गरे । विकास सुनारले २२, सुनिल चन्दले १६ तथा साजन बिटालुले १४ रन बनाए ।
प्लेयर अफ द म्याच घोषित क्रिकेट एक्सिलेन्स सेन्टरका बलर अभिनाश बस्यालले चार विकेट लिए जुन क्रममा चार ओभरमा एक मेडन ओभर गर्दै ११ रन खर्चिए । मनोज यादवले दुई तथा दयानन्द मण्डल र राजकुमार शाहले एक÷एक विकेट लिए । समूह ‘डी’ बाट यसअघि नै तीनवटै खेलमा जीतको साथ सत्यवती एकेडेमी समूह विजेताका रुपमा सेमीफाइनल प्रवेश गरिसकेको छ । क्रिकेट एक्सीलेन्स सेन्टर दोस्रो चरण प्रवेश गर्न असफल रह्यो जसले तीन खेलमा दुई जीत र एक हार व्यहो¥यो ।
त्यस्तै दोस्रो खेलमा कैलाली मल्टिपल क्याम्पसले शारदा सेकेण्डरी स्कुललाई दुई रनले पराजित ग¥यो । कैलाली मल्टिपलले दिएको १५० रनको लक्ष्य पछ्याएको शारदा सेकेण्डरी स्कुलले पूरै २० ओभर ब्याटिङ गर्दै १४७ रन बनायो । शारदा सेकेण्डरी स्कुलका लागि दुई ब्याट्सम्यान शङ्कर बोहरा र सुशान्त कार्कीले अर्धशतक बनाए तापनि जीतका लागि पर्याप्त भएन । शङ्करले ४३ बलमा छ चौका मद्दतले ५० रन तथा सुशान्तले २८ बलमा पाँच चौका र दुई छक्का मद्दतले अविजित ५१ रन बनाए । कैलालीको बलिङमा दीपक कँडेल, लोकेन्द्र खनाल र पारस रोकायाले एक÷एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको कैलाली मल्टिपल क्याम्पसले २० ओभरमा आठ विकेट गुमाएर १४९ रन बनायो । कैलालीका लागि अभिषेक कुँवरले सर्वाधिक ५१ रन बनाए जुन क्रममा प्लेयर अफ द म्याच घोषित उनले ३९ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । रोशन रावलले २९, लोकेन्द्र खनालले २१ तथा प्रवीनसिंह ठकुरीले १५ रन बनाए ।
शारदा सेकेण्डरी स्कुलका सुनिलबहादुर सिंहले तीन, अभिषेक मल्लले दुई तथा सुनील सिंह, विश्वास पन्त र सलिन बोहराले एक÷एक विकेट लिए । समूह ‘बि’ बाट युथ अफ टीकापुर तीनवटै खेलमा जीत दर्ता गर्दै सेमीफाइनल प्रवेश गरिसकेको छ । कैलाली मल्टिपल क्याम्पसले तीन खेलमा एक जीतमात्र हात पार्न सक्यो भने शारदा सेकेण्डरी तीनवटै खेलमा पराजित भयो ।
प्रतियोगिताको सेमिफाइनल पुग्ने तीन टिमको टुङ्गो लागिसकेको छ । समूह ‘बि’ बाट युथ अफ टीकापुर, समूह ‘सी’ बाट घोडाघोडी क्रिकेट एकेडमी र समूह ‘डी’ बाट सत्यवती एकेडेमी सेमिफाइनल प्रवेश गरिसकेका छन् ।
सेमिफाइनल पुग्ने अन्तिम टिमको टुङ्गो बिहीबार धनगढी स्पोर्टस् क्लब र खप्तड इन्डोर स्पोर्टस् ट्रेनिङ सेन्टरबीचको खेलपछि लाग्नेछ । उक्त खेलमा धनगढी स्पोर्टस् क्लब विजयी भए सेमिफाइनल प्रवेश गर्नेछ भने धनगढी पराजित भएको खण्डमा धनगढी र शुक्लाफाँटा ब्ल्याकबक्सबीच नेट रन रेटमा अघि हुने टिम सेमिफाइनल प्रवेश गर्नेछ । समूह ‘ए’ का अन्य दुई टिम कैलाली जिल्ला क्रिकेट क्लब र खप्तड इन्डोर स्पोर्टस् ट्रेनिङ सेन्टरको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भइसकेको छ ।
प्रतियोगिताको उपाधि विजेताले रु दुई लाख ५५ हजार र उपविजेताले रु एक लाख २८ हजार पुरस्कार पाउनेछन् । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिमको सहभागिता छ ।