“नक्सालमा ग्रेडिङ्ग सम्पन्न, सक्षम र पुज्यता उत्कृष्ठ र शक्ती उदयीमान”

खेलकुद समाचार

काठमाडौं २५ माघ,
नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालमा जुनियर तथा सिनियर ग्रेडिंग ( पेटी परिक्षा ) सम्पन्न भएको छ । उक्त ग्रेडिंगमा ह्वाईट बेल्ट देखि सिनियर ब्राउन-बेल्ट सम्मका खेलाडीहरुको ग्रेडिंग भएको थियो । ग्रेडिंगमा ह्वाईट बेल्ट देखि अरेन्ज बेल्टमा उत्तीर्ण हुन सफल हुनेहरुमा शिसिर राना मगर,शक्ती लामा,बियन्सा त्रिपाठी,सक्षम लामा,पुज्यता जोशी, सुजित गोले,दिपक राज चनारा रहेका छन । त्यसैगरी अरेन्ज बेल्ट देखि हाफ ग्रीन तर्फ सरिक कार्की र हाफ ग्रीन देखि ग्रीन बेल्ट तर्फ खड्ग कुमारी खत्री उत्तीर्ण हुन सफल भएका छन । त्यसैगरि जेसन न्यौपाने थर्ड क्यु देखि सेकेण्ड क्यु ब्राउन बेल्टमा उत्तीर्ण भए भने फुल ब्राउन देखि ब्ल्याक बेल्टमा प्रेम तामाङग, ब्ल्याक बेल्ट सेकेण्ड डानमा बुद्धीमान माझी र ब्ल्याक बेल्ट थर्ड डानमा विनोद बलामी सफल भए । करिव २५ जना खेलाडी सहभागी रहेको उक्त ग्रेडिंग नेपाल सितोरियो कराते संघका प्रबक्ता एवम् नेपाल स्वयम-सेवक प्रशिक्षक खेलकुद महासंघका अध्यक्ष तथा अन्तराष्ट्रिय रेफ्री गजेन्द्र बहादुर खपाँगी ‘ईश्वर’ ले गत माघ १० गते लिएका थिए ।

पुरुष तर्फ सक्षम तामाङग र महिला पुज्यता जोशी उत्कृष्ठ खेलाडि र उदयीमान खेलाडी शक्ती लामा घोषित भए । उत्तीर्ण हुन सफल खेलाडिहरुलाई नक्साल डोजोका अध्यक्ष तथा प्रमुख प्रशिक्षक समेत रहेका गजेन्द्र बहादुर खपाँगी ‘ईश्वर’ र उपस्थित, पदाधिकारी,अतिथि,अभिभावक लगायतले अविर,प्रमाण-पत्र तथा बेल्ट बितरण गर्नुभयो । उक्त कार्यक्रममा राष्ट्रिय खेलाडि तथा स-प्रशिक्षकहरु रश्मिता श्रेष्ठ,शाखाडोजो नक्सालका कोषाध्यक्ष एबम स-प्रशिक्षक पुनम खपाङ्गी,खेलाडी सुदिप वलामी,नक्साल डोजोका पदाधिकारीहरु, अभिभाबक, बिभीन्न मिडियाका पत्रकारहरु लगायत खेलप्रेमी महानुभावहरुको उपस्थिती रहेको थियो । बिगत २४ बर्ष देखि सन्चालनमा रहेको नेपाल कै प्रख्यात डोजो नक्साल को विभिन्न शाखाको रुपमा काठमाण्डौ उपत्यकामा ज्ञानेश्वर डोजो, मनमानेश्वरी डोजो,बिग वुध्द डोजो,भगवती डोजो र उपत्यका बाहिर सिमरा डोजो र गढिमाई डोजो ,महेशपुर डोजो सन्चालनमा रहेको छ ।

नक्साल डोजोले आगामी जेठ महिनामा को पहिलो साता आफ्नो २५ ओै बर्षको दौरानमा २५ ओै बहुप्रतिक्षित प्रतियोगिता १० ओै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिताको समेत आयोजना गर्न गईरहेको पुरस्कार वितरण कार्यक्रममा अध्यक्ष खपाङ्गीले सार्वजनिक गरे ।

 

Facebook Comments Box