नेपाल क्योकुसिन कान कराँते एशोसियशनको आयोजनामा पहिलो संस्करणको अल नेपाल खुल्ला फुल कन्ट्याक्ट कराँते यसै सातादेखि पोखरामा शुरु हुने भएको छ । दुई दिने उक्त प्रतियोगिता यही भदौ १३ र १४ गते हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घका महासचिव राजेन्द्र सुवेदीले जानकारी दिनुभयो । पोखरा रङ्गशालाको कबर्डहलमा हुने प्रतियोगितामा १७ वटा फुल कन्ट्याक्ट कराँते सङ्घ, तीन विभागीय टिम आर्मी, पुलिस र एपिएफसहित २० टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुष र महिला गरी १४ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । हरेक तौल समूहमा एक टोलीबाट एक मात्र खेलाडीले खेल्न पाउने छन् । प्रतियोगितामा कूल २७६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
Facebook Comments Box